बहाराइनले नेपाली श्रमिकहरुको कोटा बढाउँदै

12

(काठमाडौं) – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपालका लागि वहराइनका गैरआवाशीय राजदूत अब्दुल रहमान मोहम्मद अल गाउडबीच शिष्टाचार भेट भएको छ । भेटका अवसरमा नेपाल र वहराइन बीच द्घिपक्षीय सम्बन्धका विविध आयामका बिषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

बहराइनमा रहेका नेपाली श्रमिकहरुको सामाजिक सुरक्षा र कल्याणमा दुबै देशहरुले विशेष ध्यान दिनुपर्ने उनले बताए । उनले नेपाल र बहराइनबीच भएको श्रम समझदारीलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । उक्त भेटघाटमा मन्त्री विष्टले नेपाली श्रमिकका समस्या समाधानमा बहराइन सरकारको सकारात्मक भूमिकाको अपेक्षा रहेको बताएका थिए ।

भेटका क्रममा राजदूतले नेपाली श्रमिकले बहराइनको विकासमा महत्वपूर्ण योगदान पुरयाएको बताए । नेपाली श्रमिकहरु अनुशासित र काम प्रति प्रतिवद्ध भएकोले बहराइनमा नेपाली श्रमिकको माग बढेको हुँदा आफूहरुले नेपाली श्रमिककोे संख्या बढाउन चाहेको उनले बताए । राजदूतले नेपाल र बहराइनबीचको श्रम सम्झौता परिमार्जन गर्न बहराइन सरकार तयार रहेको भन्दै नेपाली श्रमिकको हक हित र कल्याणका लागि आफूहरु प्रतिवद्ध रहेको बताए ।

बहराइनमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरुको संख्या वृद्धि गर्न नेपाल सरकार सकारात्मक रहेको मन्त्री विष्टले बताए । आप्रवासनको क्षेत्रमा भएका अन्तर्राष्ट्रिय मान्यताहरुलाई आत्मसाथ गरी द्घिपक्षीय श्रम सम्वन्धलाई सुदृढ गर्न तथा नेपाल र बहराइनबीचको सम्वन्धलाई विस्तार गर्न आफू प्रतिवद्ध रहेको मन्त्री विष्टले बताए ।

वि.सं.२०७२ सालमा आएको विनासकारी भूकम्पका बेला वहराइन सरकारले पु¥याएको सहयोगको स्मरण गर्दै मन्त्री विष्टले सहयोगका लागि बहराइन सरकारलाई धन्यवाद दिए ।

समाचार वर्गहरू