बागमतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार, को-को बन्दैछन् मन्त्री ?

49

काठमाडौं – बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको हो ।

संघीय सरकारमा गठबन्धन गरिरहेका चार दलमध्ये प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भइसकेको छ ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले भोलि (बिहीबार) तीन बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेतापनी गठबन्धले सहमती अनुसार बुधबारै दावी पेश गरिसकेको छ ।

स्रोतका अनुसार तत्काल प्रदेश सरकारमा नेकपा मओवादी केन्द्रको तर्फबाट दलकी उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादी दलका उप–नेता कृष्ण खनालले जिम्मेवारी पाउने भएका छन् ।

सरकारका जाने मन्त्रीहरु मध्ये माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी पाउने स्रोतले जानकारी दिएको छ ।

तिहार लगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने र सरकार विस्तारको काम अघि बढ्ने स्रोतको दाबी छ ।

समाचार वर्गहरू