बादलले सदनमा राखेको धारणा पार्टी नीतिविपरीत : विष्णु पौडेल

91

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभा बैठकमा व्यक्त गरेका धारणाप्रति आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा संसदीय दलका नेता बादलले राखेको धारणाप्रति पौडेलले आपत्ति जनाएका हुन्।

उनले संसद बैठकमा एमालेको दल नेताको हैसियतले बादलले व्यक्त गरेको विचार पार्टीका स्थापित नीति र मान्यताविपरित रहेको बताएका छन्।

‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा.रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छ,’ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले यो विषयमा सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने उल्लेख गरेका छन्।

पौडेलले भनेका छन्, ‘यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।’

समाचार वर्गहरू