बारामा बस दुर्घटना, मृतकको संख्या १४ पुग्यो, २४ घाइते

27

काठमाडौं – बाराको अमलेखगञ्जमा आज बिहीबार बिहानभएको बस दुर्घटना मृत्यु हुनेको सँख्या १४ पुगेको छ।

दुर्घटनामा घाईते भएका धेरैजसोको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हेटौंडा अस्पतालमा १२ जना, चुरेहिल अस्पतालमा एक जना र मकवानपुर सहकारी अस्पतालमा एक जनाको मृत्यु भएको हो। मृतकको सनाखत भएको छैन।

 बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरुको चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ।

समाचार वर्गहरू