बालिकालाई जबरजस्ती करणी गर्ने एक पक्राउ

50

उदयपुर – बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उदयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ५९ वर्षीय टेक बहादुर बुढाथोकी रहेका छन् ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढाथोकीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू