बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने

72
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो ।

रास्वपा उपसभापति वाग्लेले भने ‘चैत १२ गते सांसदहरूको शपथ हुन्छ, चैत १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ।’ वाग्लेले पार्टीका चार नेताबीच ‘राजकाज’का सम्बन्धमा छलफल भएको यसअघि नै जानकारी दिएका थिए ।

सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय भएको छ । सांसदको शपथ लिएपछि मात्रै  प्रधानमन्त्रीमा शाहले चैत १३ गते शपथ लिने तय भएको हो ।

रास्वपाका शीर्ष नेताहरूको छलफलमा चैत १३ गते नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ ।

समाचार वर्गहरू