बुधबार बिहान ८ बजेलाई सर्‍यो एमाले मतदान

126

काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ । महासचिवका उम्मेदवार शंकर पोखरेलले मतदान अब भोलि बिहान ८ बजेदेखि मात्रै सुरु हुने जानकारी गराए ।

केही प्राविधिक विषय मिलाउन बाँकी रहेको तथा चिसो पनि भएकाले राति मतदान गर्नु उपयुक्त नहुने निष्कर्षका साथ भोलिदेखि मात्रै सुरु गर्न लागिएको उनको भनाइ छ ।

विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको हो।

मेसिन उत्पादक कम्पनीलाई सोमबार राति मात्र उम्मेदवारहरूको नामावली प्राप्त भएको थियो। त्यस अनुसार विवरण इन्ट्री भइसकेको थियो। पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम अनुसार सच्याएर पठायो। त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन थप समय लागेपछि निर्धारित समयमा हुन नसकेको बताइएको छ।

मतदानका लागि सयवटा मेसिन राख्ने तयारी भइरहेको छ। एमालेको निर्वाचन आयोगले साँझ ८ बजे मतदान सुरू हुने सूचना प्रकाशित गरेको थियो।

समाचार वर्गहरू