बैद्य एशियन कमिटीको सदस्यमा चयन

15

काठमाडौं – काठमाडौं अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पियक कमिटीका उपाध्यक्ष चतुरानन्द बैद्य एशियन टेबलटेनिस युनियनको जुनियर्स कमिटको सदस्यमा चयन भएका छन् ।

ईन्डोनेसियामा जारी २४ औं एशियन टेबलटेनिस प्रतियोगिताका दौरान भएको युनियनको कँग्रेसले दक्षिण एशियाको तर्फबाट बैद्यलाई उक्त कमिटीमा चयन गरिएको हो ।

यस्तैगरी संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य भेट्रान्स कमिटीमा तथा महासचिव शंकर गौतम टेक्निकल तथा रेफ्रि कमिटीमा चयन भएको संघका उपाध्यक्ष एवं प्रतिनिधि धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।

समाचार वर्गहरू