भक्तपुरबाट इन्सास राईफलसहित एक जना पक्राउ

4

भक्तपुर । सशस्त्र प्रहरीले सूर्यविनायक नगरपालिका-८ भुम्डोलबाट इन्सास राईफलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रको विशेष टोलीले गोरखा जिल्ला पालुङटार नगरपालिका(९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईको कोठाबाट उक्त हतियार बरामद गरेको हो ।

राईफलसहित एसएलआरको ४ थान गोलि, २ वटा प्लाष्टिक राउण्ड, सर्ट गनमा लाग्ने १ राउण्ड र एउटा खुकुरी त्यसको २ वटा दाप, एउटा बञ्चरो र ५ वटा सिरिन्ज पनि नियन्त्रणमा लिएको छ। उक्त हतियार भदौ २३-२४ को जेन जी आन्दोलनमा लुटिएको आशंका गरिएको सशस्त्रका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जनाएका छन्। पक्राउ परेका सेढाईलाई कानूनी कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

समाचार वर्गहरू