भक्तपुरमा बुवाद्वारा चक्कु प्रहार गरी छोराको हत्या

149

काठमाडौं – भक्तपुरमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् ।

प्रहरीका अनुसार घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् ।

अछामको कमलनगर नगरपालिका-६ घर भएका उनीहरु भक्तपुर नगरपालिका-२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए ।

गएराति करिब सवा १० बजे घरायसी विवादको क्रममा दीपबहादुरले तरकारी काट्ने चक्कु छोरामाथि प्रहार गरेका थिए । बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

समाचार वर्गहरू