काठमाडौँ – सरकारले दक्षिणी छिमेकी मुलुक भारतबाट नेपालतर्फ प्रवेश गर्नेलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरूलाई आइसोलेसनमा राख्न सीमावर्ती जिल्लालाई निर्देशन दिएको हो ।
भारतीय सीमा क्षेत्रमा कोभीड-१९ पोजिटिभ भएकाहरू सार्वजनिक यातायातमा नै हिडेको पाइएपछि सरकारले यस्तो निर्णय लिएको हो । उक्त क्षेत्रबाट नेपाल आएकालाई आइसोलेसनमा राख्न मन्त्रालयले निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरूलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिँदै सरकारले यसमा निकै कडाई गर्नुपर्ने बताएको छ ।
लक्षण नभएकालाई पनि अनिवार्य १० दिन आइसोलेसनमा राख्न निर्देशन दिएको हो । मन्त्रालयले प्रति दिन प्रति विरामी दुई हजार सोध भर्ना उपलब्ध गराइने पनि निर्देशनमा उल्लेख गरेको छ ।
