भीष्मराज ढुंगानासित स्पष्टीकरण सोध्ने सरकारको निर्णय

36
फाइल फोटो

काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानासित स्पष्टीकरण सोध्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानासित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि, सरकारले ढुंगानामाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो । सोही दिनको मन्त्रिपरिषद् बैठकबाट उनलाई निलम्बन गरिएको थियो । उक्त आयोगको सिफारिसबमोजिम स्पष्टीकरण सोधिएको हो ।

छोरी रेविका ढुंगानाको नाममा बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वाेत्तम सिमेन्टको सेयर खरिद गरेपछि उनी विवादमा तानिएका थिए ।

ढुंगानासँगै बोर्डकै सञ्चालक रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका भाइ हेमराज ढकालले पनि सेयर खरिद गरेका थिए । यस्तै, नेप्सेका सीईओ चन्द्रसिंह साउदले पनि कम्पनीको सेयर श्रीमतीको नाममा खरिद गरेका थिए ।

यो विवादसँगै ढकाल र साउदले पदबाट राजीनामा दिइसकेका छन् ।

 

समाचार वर्गहरू