नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो ।
आईसीयूमा भेन्टिलेटरको सहायतामा प्लाज्मा थेरापीबाट समेत उपचार गरिए पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।