भोटेकोसीले बेलिब्रिज बगायो, चीन जोड्ने नाकासँगको सम्बन्धविच्छेद

109

काठमाडौं – सिन्धुपाल्चोकको भोटेकोसीको बेलिब्रीज बाढीले बगाएको छ । चीनसँगको तातोपानी नाका जोड्ने एक मात्र उक्त पुल बगाएपछि अब उत्तरी नाकाको आवागमन बन्द भएको छ ।

पुल बगाएपछि भोटेकोसी गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने बस्तीहरुमा आउजाउ गर्न अब जंगलको बाटो हिँडनुपर्ने भएको छ

अरनिको राजमार्ग निर्माणका क्रममा चीनले बनाएको लार्चास्थित पक्की पुल २०७४ साल साउनमा पहिरोले भोटेकोसीमा खसालेको थियो ।

पक्की पुलको अभावमा बेलिब्रिज राखेर अस्थायी रुपमा आउजाउ गरिँदै आएको थियो । चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने स्थान रहेको पक्की पुल बगाएको ८ वर्षसम्म सरकारले बेवास्ता गर्दै आएको गुनासो स्थानीयको रहेको छ ।

दसैंका सामान सीमा नाकामा ल्याइएको अवस्थामा पुल बगाएपछि भारी बोकाएर ल्याउन पनि धेरै कठिन हुने तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारीले जानकारी दिए ।

समाचार वर्गहरू