भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक, जोर बिजोर प्रणाली लागु

40

काठमाडौं – सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा अत्याबश्यक सेवा बाहेक लागू हुने गरी यो निर्णय गरिएको अनलाइनखबरलाई बताए ।

यसैगरी सरकारले बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोर बिजोर प्रणाली लागु गर्ने पनि निर्णय गरिसकेको छ ।

समाचार वर्गहरू