काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले आफू कसैको विरोध नभएको बताएका छन्।
उनले मङ्गलबार (आज) साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै भनेका छन् ‘म कसैको विरोधी होइन,।’
उनले आफूलाई मुलुक र जनता पक्षको दाबी गरेका छन्। ‘मुलुक, जनता, जनजीविका र हाम्रा सभ्यताको पक्षको हुँ,’ उनले थप भनेका छन्, ‘मेरा विमति र असहमति विचारमा र प्रवृत्तिमा हो, व्यक्तिमा होइन।’
डा. चन्द्र भण्डारी पछिल्लो समय नेपाली राजनितिमा जन चाहनाका बिषयमा खरो बोलेर जनतामाझ लोकप्रिय छन् ।