म मात्र भारतको विरोधमा ? सबै जना मरेका लाशहरु हुन् ?’ – बालेन शाह

4

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भारतीय गुलामहरुले देश चलाउँदै गरेको टिप्पणी गरेका छन् ।

शाहले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र अन्य सबै जना मरेका लाशहरु हुन् भनि प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र विरोधमा ? र म मात्र अदालतको अबहेलनामा ? सबै जना मरेका लाशहरु हुन् ?’

मेयर शाहले सामाजिक सञ्जालमार्फत आफूहरुलाई पुष्पकमल दाहाल भन्दा पनि दाहाललाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताएका छन् ।

‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो’, बालेनले लेखेका छन्, ‘दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू