मलेसियाको श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

31

काठमाडौं – सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन सुरु गर्ने निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन्।

मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन्।

समाचार वर्गहरू