महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ७ पक्राउ

39

काठमाडौँ – काठमाडौंको नयाँ बसपार्कमा करिब ३२ वर्षकी एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्‍नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको हो ।

घटनामा संलग्‍न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू