महोत्तरीमा उपमेयरको गाडीमा आगजनी

5

काठमाडौं – महोत्तरी गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोको गाडीमा अपरिचित व्यक्तिले आगजनी गरेका छन्।

उप–मेयर महतोको गाडीमा आइतबार बिहानै साढे दुई बजे आगजनी भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ।

महोत्तरीका डिएसपी तथा सूचना अधिकारी दिलीपकुमार गिरीकाअनुसार गौशाला नगरपालिका वार्ड नम्बर १ रामनगरस्थित घर अगाडी पार्किङ गरेर राखेको गाडीमा आगजनी गरिएको छ।

प्रहरीका अनुसार उनको प्रदेश २, ००२–००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरिएको हो। गाडीको पछाडिको भाग जलेको प्रहरीले जानकारी दिएको छ।

आगजनी गर्ने व्यक्तिहरूको खोजी भइरहेको डिएसपी गिरीले जानकारी दिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू