मालपोतका खरिदार चौधरी ४० हजार घूससहित पक्राउ

139

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दाघाट सुस्ता–पश्चिम) का खरिदारलाई घूस रकमसहित पक्राउ गरेको छ । कार्यालयका खरिदार नेत्र बहादुर चौधरीलाई ४० हजार रुपैयाँ घूससहित आयोगको टोलीले पक्राउ गरेको हो ।

चौधरीले मोही जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि विभिन्न बहानामा सेवाग्राहीसँग घूस मागरेको उजुरीको आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले सो परिमाण बराबरको घूस रकम सहित पक्राउ गरेको जनाएको छ ।

खरिदार चौधरीले सेवाग्राहीको श्रीमानको नाममा रहेको जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि ४० हजार रुपैयाँ मागेको अनुसन्धानबाट खुलेको छ ।

चौधरीलाई सोही रकम बराबरको बिगो मागदाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

समाचार वर्गहरू