माल्दिभ्सलाई पराजित गर्दै नेपालले जित्याे कास्य

20

(काठमाडाैं) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । सोमबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो ।

तेस्रो स्थानका लागि भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्दी माल्दिभ्सलाई नेपालले ५ विकेटले हरायो ।माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका आरिफ शेखले सर्वाधिक ३२ रनको बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रनकाे याेगदान दिए । यस्तै रोहित पौडेल १५ र पवन सर्राफ १० रनमा अविजित रहे । बिनोद भण्डारीले १२ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

समाचार वर्गहरू