काठमाडौं – मेक्सिकोको तल्लो सदनले गाँजा प्रयोगमा कानूनी मान्यता दिने प्रस्ताव पारित गरेको छ । अब सो प्रस्ताव माथिल्लो सदनबाट पारित गर्नुपर्नेछ । सो कानून पारित भए मेक्सिको गाँजालाई मान्यता दिने विश्वको सबैभन्दा ठूलो बजार हुनेछ ।
माथिल्लो सदनबाट सो प्रस्ताव पारित हुने सत्तारुढ दलले विश्वास ब्यक्त गरेको छ । मेक्सिकोमा लागूऔषध कारोबारको कारण उत्पन्न हुने विवादका कारण कयौंले ज्यान गुमाउने गरेका छ ।
अब २८ ग्रामसम्म गाँजा साथमा बोक्न पाउनुका साथै आफ्नो घरमा ८ वटासम्म गाँजाका बोट रोप्न पाइने मेक्सिकोको नयाँ कानूनमा उल्लेख छ ।
अब गाँजा रोप्न, ओसार पसार गर्न, अनुसन्धान तथा आयात निर्यातका लागि छुट्टै अनुमतिपत्रको ब्यवस्था गरिएको बीबीसीले उल्लेख गरेको छ ।
नयाँ कानूनले मुलुकमा लागूऔषधले निम्तिएको हिंसा अन्त्य गर्न मद्दत पुग्ने राष्ट्रपति आन्द्रे म्यानुअल लोपेज ल्याब्रेडरले बताउनुभएको छ ।