मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना

58

(काठमाडाैं) – प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बाग्मती, गण्डकी तथा प्रदेश ५ का केही स्थान साथै प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेका कारण मौसममा बदली भईरहेको महाशाखाले जनाएको छ ।

सामान्यतया नेपालको पूर्वी भू–भागमा जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष केहि ढिला हुने महाशाखाले जनाएको छ ।

राति प्रदेश, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, २, बागमती, गण्डकी तथा प्रदेश ५ का साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

समाचार वर्गहरू