मेलम्चीमा आगलागी हुँदा ३ वटा पसलमा क्षति

17

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी हुँदा ३ वटा पसलमा क्षति भएको छ ।

मेलम्ची बजारको हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल तथा होटल रहेको घरमा गएराति आगो लागेको हो ।

आगो स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा पाँचखाल नगरपालिकाको दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिँह भण्डारीले जानकारी दिए ।

उनका अनुसार पाँचखाल नगरपालिकाको दमकल आएपछि आगो पूर्ण रुपमा निभेको हो । आगलागीमा कुनै मानविय क्षती नभएको र अन्य क्षतिबारे थप विवरण आउन बाँकी रहेको उनले बताए।

समाचार वर्गहरू