मोटरसाइकल चोरी गर्ने दुई जना पक्रा

33

काठमाडौं – काठमाडौँको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार नुवाकोटको शिवपुरी गाउँपालिका २ छाप घर भइ हाल काठमाडौंको बसुन्धारा बस्ने २८ वर्षीय रविन्द्र तामाङ र काठमाडौंकै कपन बस्ने २० वर्षीय कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

वास्तविक नम्बर परिवर्तन गरी लु ७८ प ६७ ५८  नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित रविन्द्रलाई आइतबार दिउँसो ट्राफिक प्रहरीले फेला पारेको थियो । 

रविन्द्रमाथि अनुसन्धान गर्दा उक्त मोटरसाइकल कृष्णबाट लिएको भनी खुल्न आएपछि काठमाडौंको कपनबाट कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार नियन्त्रणमा आएका दुबै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ । 

बागमती प्रदेश-०२-०३२ प ९५ ७१ नम्बरको कालो रंगको २२० सि.सि.को पल्सर मोटरसाइकल काठमाडौंकै टोखा नगरपालिका १० स्थित महादेवटार बाट हराएको भनि धर्मेन्द्र राईले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।  

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू