काठमाडौं- बाणिज्य विभागले म्याद नाघेको पिउने पानी बिक्री गरेको भन्दै भाटभेटेनी सुपर मार्केटलाई तीन लाख रुपैंया जरीवाना गरेको छ । भाटभटेनीको हनुमानस्थान स्थित शाखालाई म्याद नाघेको पानि बिक्री गरेको कशुरमा जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको हो ।
अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) बमोजिम ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।
मुलुक बन्दादन्दिमा रहेको बेला सबै पसलहरु बन्द रहँदा समेत पहुँचका आधारमा खुल्ला गरेर ब्यापार सञ्चालन गरेको भाटभटेनिले गुणस्तरिय सामानका नाममा चर्को मुल्य लिँदै आइरहेको छ ।