म्यान्चेष्टर सिटीसँग लेस्टर ३-१ ले पराजित

52

(एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीसँग लेस्टर सिटी पराजित भएको छ । शनिबार राति भएको खेलमा सिटीले लेस्टरलाई ३–१ गोल अन्तरले अन्तरले हराएको हो ।

गएरातिको खेलमा लेस्टरलाई हराउँदै सिटीले लिगको दोस्रो स्थानमा उक्लिएको भने, शीर्ष स्थानको लिभरपुलले १० अंकको अग्रता बनाएको छ ।

सिटीको घरेलु मैदान भएको खेलमा लेस्टरले जेमी भार्डीको गोलबाट २२ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । इतिहाद स्टेडियममा सिटीको जितमा रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले गोल गरे ।

लिगमा सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी १० मा झारेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ४९ अंक छ । १८ खेलबाट ३८ अंक जोडेको म्यानचेष्टर सिटी तालिकाको तेस्रो स्थानमा यथावत छ । समान खेलबाट लेष्टर ३९ अंकमा तालिकाको दोस्रो स्थानमा छ ।

शनिबार रातिनै भएको अर्को खेलमा साउथ हेम्प्टनले एस्टन भिल्लालाई ३–१ ले हरायो । यो जितले उसलाई रेलिगेशन जोनबाट निकालेको छ । इस्टन भिल्ला भने रेलिगेशन जोनमा धकेलिएको छ । अन्य खेलहरुमा बर्नलीले बर्नमाउथलाई १-० ले हरायो ।

सिफिल्ड युनाईटेडले ब्राईटन एण्ड होभ एल्बियनलाई १-० ले नै पराजित गर्यो । यस्तै, अर्को खेलमा न्यु क्यासल युनाईटेडले क्रिष्टल प्यालेसलाई समान १–० ले स्तब्ध पारे । नर्विच वोल्भरहेम्प्टनसँग २–१ ले पराजित हुँदा एभर्टनले आर्सनललाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू