‘यसपटकको निर्वाचनमा मौन अवधी छैन’ – निर्वाचन आयोग

22

काठमाडौं – निर्वाचन आयोगले यसपटकको निर्वाचनमा मौन अवधीको व्यवस्था हटाएको छ ।

आईतवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भुमिका बिषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त भण्डारीले भने ‘यो भन्दा अघि धेरै पटक मौन अवधि भनेर राखिँदो रहेछ। संविधान, ऐन र नियमले नदेखेको नचिनेको मौन अवधि भनेर भन्ने त्यो शब्दान्तर गरेर राखेको शब्दलाई हामीले हटाएर, हामी आफैँ अहिले मौन बसेको अवधि हो। ४ गते निर्वाचन हुँदैछ। त्यसपछि एक हप्ताको समय मत गणना र घोषणा हुन्छ।’

उनले भने, ‘कार्तिक ६ गतेदेखि १७ गतेसम्मको अवधि भनेको प्रत्येक उम्मेदवारहरुले घरदैलो गर्ने कार्यक्रम रहेको अवस्था विद्यमान हो। १८ देखि मंसिर २ गतेसम्म १७ दिनको समय भनेको हरेक प्रतिनिधित्व गर्न चाहने प्रतिनिधि जो उम्मेदवारी दिएर प्रतिनिधित्व गर्न घरदैलो गरिरहनुभएको छ। उहाँहरुले कोण सभा, आम सभा, र्‍याली, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरु गरेर निर्वाचन प्रचारप्रसार गर्न सक्नुहुन्छ। २ देखि ४ गतेसम्मको अवधि भनेको पेचिलो अवधि हुन्छ। मौन अवधि भनेर ऐन, नियमको कुनैपनि ठाउँमा मौन अवधि भनेर हामीले देखेनौँ।’

उनले उम्मेदवारहरुले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताएका छन्। उनले कार्तिक ५ देखि १८ गतेसम्मको अवधि उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार लगायतका प्रचारबाजी गर्न नहुने बताए।

समाचार वर्गहरू