रत्नजित र दिपेश अन्तिम चारमा

18

काठमाडौं – सेनाका रत्नजित तामाङ्ग र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती र्‍याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

पुलिसका सुनिल जोशीलाई २१ – १०, २१ – १३ ले पराजित गरे । अव उनले फाईनल प्रवेशका लागि सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् । नविनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३ – २१, २१ – ११, २१ – १५ ले पाखा लगाए । यस्तै एपिएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१ – १६, २१ – १६ को जित निकाले । सेमिफाईनलम धामीको भिडन्त पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ संग हुने भएको छ । विकासले पुलिसका जीवन आचार्य माथि २१ – ७, १८ – २१, २१ – ११ को जित निकाले ।

ईटहरी रङ्गशालास्थित कभर्डहलमा भएको पुरुष एकल खुल्ला तर्फ सेनाका पविन लिनथेप बाँकेको रियाज अन्सारीलाई १६ – २१, २१ – ७, २१ – ११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए । अव उनले सेमिमा एपिएफका प्रियान्सु सिंह क्षेत्री संग प्रतिस्पर्धा गर्ने छन् । प्रियान्सुले एपिएफका ईन्द्र बहादुर महतालाई २६ – २४, २१ – १९ ले पराजित गरे । यस्तै अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटा रहेका छन् । रानाले पुलिसका पूर्णबहादुर थापालाई २१ – १६, २१ – १५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१ – १५, २१ – १४ ले पराजित गर्दै भेट पक्का गरेका हुन् ।

महिला जोडी तर्फको पहिलो चरणमा भोजपुरकी सिता राई र लोकतमा राईको जोडीले विजयी सुरुवात गरेका छन् । राईको जोडीले रुपन्देहीका सुन्दरी थारु र पुजा बिष्टलाई २१ – १९, २१ – १९ ले पराजित गरे । यस्तै कैलालीकी प्रार्थना देउवा र एलिना तिवारीले धनकुटाका ईन्दिरा राई र श्रीजना घिसिङ्गबाट तथा बाँके÷मोरङ्गका सम्झना शर्मा र सिमा राजबंशीले धनकुटा÷झापाका अरुणा तामाङ्ग र अन्जना राईको जोडी बाट वाकओभर प्राप्त गरे ।

छात्र यु १७ एकल तर्फ कैलालीका अमृत चौधरीले दाङ्गका सफिक ईद्रिसीलाई २१ – १५, २१ – १४ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका छन् । यस्तै सेनाका भोजबहादुर गुरुङ्गले बुढासुब्बाका सत्यम सुब्बालाई २१ – ८, २१ – ७ ले, एपिएफका प्रियान्सु सिंह क्षेत्रीले सुनसरीका सशांकलाई २१ – ८, २१ – १३ ले तथा कञ्चनपुरका हिमाल चन्दले एपिएफका पेम्बा शेर्पाबाट वाकओभर प्राप्त गर्दै अन्तिम चारमा स्थान बनाए । प्रियान्सु पुरुष खुला तर्फ पनि सेमिमा पुगेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल खुल्ला तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्काले सूर्खेतकी पुष्पा शाहीलाई २३ । ११, २१ । १५ ले पन्छाउँदै सेमिफाईनल यात्रा तय गरिन् । यस्तै बाँकेकी सुष्मा श्रेष्ठले भोजपुरकी लोकतमा राईलाई १३ – २१, २१ – १६, २३ – २१ले पराजित गरिन् । अव श्रेष्ठलो फाईनल प्रवेशका लागि मनिषाको सामना गर्नेछिन् । यसैगरि कैलालीकी प्रार्थना देउवाले एपिएफकी निकिता लामालाई २१ – ८, २१ – १२ ले पन्छाउँदै सेमिमा जेष्ट ब्याडमिन्टन एकेडेमीकी सफी खत्रीसंगको भेट पक्का गरिन् । सफीले रुपन्देहीकी सुन्दरी थारुलाई २२ – २०, २१ – १७ ले पराजित गरिन् ।

भेट्रान्स जोडी तर्फ सेनाका सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडी सेमिफाईनलको यात्र तय गर्न सफल भयो । यस्तै अन्य जोडीमा इलामका दर्शन भक्तराज र सञ्जय भक्तराज, धनकुटाकी किरण प्रधान र योगश्वर श्रेष्ठ तथा पाल्पाका विरेन्द सिंह बिष्ट र महेश बज्राचार्यको जोडी पनि सेमिफाईनल प्रवेश गरेका छन् ।

समाचार वर्गहरू