काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर १० मा पार्टीका उम्मेदवार राजन केसीलाई चुनाव जिताएर पठाएर मन्त्री बनाउने आश्वासन दिएका छन् ।
शुक्रबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘राजनजीलाई चुनाव जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।’
२०७० र ०७४ मा चुनाव जितेका केसी अहिलेसम्म मन्त्री भएका छैनन् । यो पटक देशका अधिकांश स्थानमा सत्तारुढ दलहरुको गठबन्धन हुँदा कीर्तिपुरमा माओवादी केन्द्रको छुट्टै उम्मेदवार छ ।
एकीकृत समाजवादी भने कांग्रेससँगै छ । प्रदेश (१) मा कांग्रेसमा पुकार महर्जन र (२) मा एकीकृत समाजवादीका रमा आले मगर उम्मेदवार छन् । प्रदेशसभा (१) तर्फ आफूलाई नछाडेको भन्दै माओवादीकी स्थायी कमिटी सदस्य अञ्जना विशंखे उम्मेदवार छिन् ।