राजीनामा दिने मनस्थितीमा गगन थापा

10

काठमाडौँ — कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिन लागेको जानकारी दिएका छन् । उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सभापति थापाले निर्वाचनमा पार्टी हारेकोमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन लागेको जानकारी गराएका हुन् ।

भेटमा थापाले ‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । अब म राजीनामा दिन्छु ।’ भनेका थिए ।

उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा नदिन र सुझबुझपूर्ण निर्णय लिन सुझाएका छन् ।

यस्ता उपसभापति शर्माको सुझाव दिँदै भनेका छन्- ‘रास्वपाको जित भन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केवल एक व्यक्ती हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो । नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औँ दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारो अवस्थामा पुग्न दिनुहुन्न ।’

समाचार वर्गहरू