राप्रपाद्वारा अन्तरिम विधानमा सुझाव दिन समिति गठन

40
फाइल फोटो

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको अन्तरिम विधानमा सुझाव दिन सात सदस्यीय समिति गठन गरेको छ । पार्टी एकताको समयमा तयार गरीएको आधारपत्रमा उल्लेख गरिएका विषयहरु कार्यान्वयनका लागि उक्त समिति  गठन गरिएको हो ।

१५ दिनभित्र विधान मस्यौदा प्रतिवेदन तयार गरी पेश गर्ने जिम्मेवारीसहित निरञ्जन थापाको संयोजकत्वमा समिति गठन गरिएको राप्रपाका केन्द्रीय सचिवालय प्रमुख ध्रुबबहादुर प्रधानले जानकारी दिए ।

बिहिबार गठित समितिको अन्य सदस्यहरुमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक रहेको राप्रपाले जनाएको छ ।

राप्रपाले आगामी वैशाख २५–२८ गते एकता महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

समाचार वर्गहरू