राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी ढुंगानालाई

82

काठमाडौं – नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले कार्यवाहक (कामु) गभर्नरको जिम्मेवारी पाएकी छन्।

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ अनुसार ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिएका हुन्।

गत शुक्रबारबाट गभर्नर महाप्रसाद अधिकारीले बिदा लिएपछि राष्ट्र बैंकको नेतृत्व रिक्त बनेको थियो। अर्थ मन्त्रालयले उक्त रिक्तता पूर्ति गर्न ढुंगानालाई अस्थायी रूपमा जिम्मेवारी दिएको हो।

नयाँ गभर्नर नियुक्त नभएसम्म ढुंगाना कार्यवाहक गभर्नरको हैसियतमा राष्ट्र बैंकको दैनिक प्रशासनिक तथा नीतिगत कार्य सञ्चालन गर्नेछिन्।

समाचार वर्गहरू