राष्ट्रिय अपाङ महासंघको अधिवेशनमा कुटाकुट

10

काठमाडौं । राष्ट्रिय अपाङ महासंघको २३ औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशनमा कुटाकुट भएको छ । रुपन्देहीको तिलोत्तमास्थित दरबार लन होटलमा शुक्रबार सुरु भएको अधिवेशनमा विधानअनुसार नयाँ तदर्थ समिति बनाउने माग असन्तुंष्ट पक्षले राखेपछि विवाद उत्पन्न भएको र बढ्दै गएपछि झडप भएको सहभागीले जनाएका छन् ।

अधिवेशनमा देशभरबाट ८ सय प्रतिनिधिसहित कुल १२ सय जनाको सहभागी रहेको छ । योगीकुटीस्थित दरबार लन होटलमा भएको कार्यक्रममा महासंघका अध्यक्ष देविदत्त आचार्यले मनोमानी ढंगबाट अधिवेशन गराउन खोजेको असन्तुष्टले आरोप लगाएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले मनोमानी गरेको, एकलौटी ढंगबाट अधिवेशन अगाडि बढाएको, विधान मिचेको, आर्थिक अनियमितता गरेको लगायतका आरोप उनीहरुको छ । राष्ट्रिय अपाङ्ग महासङ्घको केन्द्रीय महाधिवेशनमा हुल्दङ्गा भएको र केही अपाङ्गता भएका अधिवेशनमा सहभागी मित्रलाल शर्माले दिए ।

अहिले सहभागी बस्ने होटलमा पुगेपनि विवाद समाधान भएको छैन । विवादकाबीचमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका संस्थापक अध्यक्ष भोजराज श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासङ्घका गण्डकी प्रदेश अध्यक्ष हेम गुरुङ तथा केन्द्रीय सदस्य सुरेन्द्र खत्रीलगायत थुप्रै महिलाहरूमाथि हातपात भएको नेपाल लोकतान्त्रिक अपाङ संघका केन्द्रीय अध्यक्ष माधव चम्लागाईको दाबी छ।

अदालतको आदेश विपरीत तथा विधानसम्वत अधिवेसन नभएको चम्लागाईले बताए ।‘उपाध्यक्ष, महासचिवसहित बहुमत सदस्यहरु अधिवेशनको विरोधमा छौँ ।’ उनले भने । औपचारिक कार्यक्रम चलिरहेकै बेला नारावाजी भएपछि झडपको स्थितिमा पुगेको हो । उच्च अदालत पाटनमा अधिवेशन रोक्न असन्तुष्ट पक्ष गएपनि आफू अनुकूलको निर्णय नआएपछि अधिवेशनमा विवाद उत्पन्न गराइएको अध्यक्ष आचार्यको बताउँछन् ।

समाचार वर्गहरू