राष्ट्रिय सभाका ४ समिति सभापतिहरूले लिए शपथ

61

काठमाडौं । राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन्। विधायन समितिका नवनिर्वाचित सभापतिहरूले अध्यक्ष नारायण दाहालबाट शपथ लिएका हुन्। राष्ट्रिय सभा अन्तर्गत ४ समितिमा सभापति निर्विरोध चयन भएका थिए।

दलहरुबीच सहमतिपछि कांग्रेसका तर्फबाट विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्वाचित भएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी जनता समाजवादी पार्टी नेपाल र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई नेपाली कम्युनिस्ट पार्टीकी सांसद हुन् ।

समाचार वर्गहरू