रास्वपाका मुकुल ढकाल साधारण सदस्यबाट पनि निलम्बित

89
फाइल फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट कारबाही गरेका मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई निलम्बिन गरेको कार्यवहायक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आन्तरिक दस्ताबेज सार्वजनिक गरेको आरोप लगाउँदै रास्वपाले ढकाललाई असार १२ मा स्पष्टीकरण सोधेको थियो । जवाफ दिन असार २१ सम्म समय दिइए पनि असार १९ मै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको थियो । असार २५ मा तीनवटै पदबाट बर्खास्त गरिएको थियो ।

गत बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई फेरि स्पष्टकीकरण सोधेको थियो । स्पष्टीकरण हेरेपछि बैठकले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।

निलम्बित भएलगत्तै ढकालले समाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूले नभई पार्टी सभापति रवि लामिछानेले नै रास्वपाको सदस्यता त्याग्नुपर्ने उल्लेख गरेका छन् । ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन, न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताका आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ,’ ढकालले लेखेका छन् ।

समाचार वर्गहरू