धनकुटा – लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले विमित रकम भुक्तानी गरेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सिंधुवा धनकुटाले संस्थामा आवद्ध मृतक सदस्यको श्रीमानलाई कर्जा बीमा रकम हस्तान्तरण गरेको हो ।
शाखा कार्यालय सिंधुवाको केन्द्र नं.-१६ मा आबद्ध भई बचत तथा कर्जा कारोबार गर्दै आएकी महालक्ष्मी नगरपलिका वडा नं-८ की फुलमाया मादेनको मृत्यु भएको हुँदा निजको श्रीमानलाई कर्जा बीमा बापत रकम रु. १,१०,००० शाखा प्रमुख रुप नारायण लामिछानेले चेक मार्फत हस्तान्तरण गरेका हुन्।
संस्थाले प्रदान गर्ने बिमा तथा अन्य सेवा सुविधा बारे प्रस्ट पार्दै शाखा प्रमुख लामिछानेले दिवंगत मृतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति समवदेना पनि व्यक्त गरे ।