लागू औषध सहित काठमाडाैंबाट तीन पक्राउ

18

(काठमाडाैं) – लागू औषध सहित तीन जना काठमाडाैंबाट पक्राउ परेका छन् । पक्रउ पर्नेमा मकवानपुरका ५५ वर्षीय रमेश शिवशक्ति, ३६ वर्षीय सुजिता गाेले र काभ्रेका धनबहादुर वाइबा रहेका छन् ।

लागू औषध नियन्त्रण ब्यूरनेबाट खटिएकाेे विशेष सूचनाकाे आधारमा उनीहरूलाई रत्नपार्कबाट पक्राउ गरेकाे हाे ।

उनीहरूकाे साथबाट डाईजेपाम र फेनरागन गरी ५ हजार १ सय ९४ एम्पुल तथा नाईट्राेजेपाम ५५० ट्याब्लेट बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार रमेश र धनबहादुर यस अघि पनि लागू औषध काराेबार गरेकाे अभियाेगमा पक्राउ परेका थिए ।

समाचार वर्गहरू