लेखा समितिको सभापतिमा रास्वपा, एमाले र नेकपाले कांग्रेसलाई सघाउने

4

काठमाडौं । लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस उम्मेदवारलाई सघाउने भएको छ । सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

यसैबीच, लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्णय गरेको बताएको छ । रास्वपा संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको हो ।

कांग्रेसबाट लेखा समिति सभापतिमा कांग्रेस सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरीले आकांक्षा राखेका छन् । तर, कांग्रेस सभापति गगन थापाको चाहना रसुवाबाट निर्वाचित मोहन आचार्यलाई दिन चाहेका छन् ।

यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसको प्रमुख प्रतिपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए । बैठकमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू सहभागी थिए ।

समाचार वर्गहरू