लोकतन्त्रमा शक्तिशाली नेता भन्दा शक्तिशाली संस्था आवश्यक पर्छ : कांग्रेस प्रबक्ता चालिसे

65

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले लोकतान्त्रिक व्यवस्थामा व्यक्ति भन्दा संस्था ठुलो हुने बताएका छन् । उनले लोकतन्त्र प्रक्रियाबाट सञ्चालन हुने व्यवस्था भएकाले संस्थागत मर्यादा र विधि–विधानलाई सर्वोपरि मान्नुपर्ने बताए ।

उनले भनेका छन्, ‘आजकल राजनीतिक दलहरूमा होस् वा संसदभित्र, एउटा बहस चलिरहेको छ, व्यक्ति ठुलो कि संस्था ? हामीले बुझेको लोकतन्त्रमा व्यक्तिका इच्छाहरू प्रक्रियाको अधीनस्थ हुन्छन् र प्रक्रिया सवैका लागि समान हुन्छ। प्रकिृयाले संस्था चलाउँछ, किनकि व्यक्ति क्षणिक हुन्छ, संस्था स्थायी हुन्छ ।’

व्यक्तिका इच्छा र आकाङ्क्षा प्रक्रिया अधीनमा रहनुपर्ने बताउँदै संस्था स्थायी र व्यक्ति क्षणिक हुने उल्लेख गरेका छन् । उनले थपेका छन्, ‘अधैर्य नेताभन्दा धैर्यवान संस्था सधैँ सुरक्षित हुन्छ। पार्टी होस् वा राष्ट्र, आवेगले होइन संस्थागत सन्तुलनले चल्नुपर्छ ।’

लोकतन्त्रमा शक्तिशाली नेता भन्दा शक्तिशाली संस्था आवश्यक पर्ने बताएका छन् । कुनै नेता आफूलाई संस्थाभन्दा माथि ठान्ने र प्रक्रियालाई बोझका रूपमा हेर्ने अवस्था आए लोकतन्त्र सङ्कटमा पर्ने औँल्याएका छन् । उनले भनेका छन्, ‘लोकतन्त्रमा शक्तिशाली नेता होइन, शक्तिशाली संस्था चाहिन्छ ।

जब कुनै नेता आफूलाई संस्थाभन्दा माथि ठान्छ, संस्थाबाहेक आफूलाई मान्छ र प्रकिृयालाई बोझ ठान्छ, त्यतिवेला लोकतन्त्र सङ्कटमा पर्छ । वास्तविक नेतृत्व भनेको संस्थालाई कमजोर पारेर आफूलाई हिरो देखाउने होइन, बरु संस्थालाई अझ बलियो जवाफदेही र स्थिर बनाउने हो ।’

समाचार वर्गहरू