वाइसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

172

काठमाडौं – नेकपा माआवादी केन्द्रले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्वमा सहमति जुटाएको छ ।

माओवादी केन्द्र निकट स्रोतका अनुसार, अध्यक्षका आकांक्षी पुष्प ओलीको नाममा सहमति जुटेको हो । ओली वर्तमान समितिका उपमहासचिव हुन् ।

अध्यक्ष प्रचण्डसहितको छलफलपछि ओलीको नाममा सहमति जुटेको एक नेताले जानकारी दिए ।त्यस्तै महासचिवमा भने गणेश शाहीको नाममा सहमति जुटेको छ ।

वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जना आकांक्षी थिए । पछिल्लो पटक केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामीबीच सहमति जुटाउन नेताहरू लागेका थिए । कुँवर वर्तमान समितिमा उपाध्यक्ष हुन् भने पुलामी सचिव हुन् ।

समाचार वर्गहरू