वालिङमा प्रथम ‘ॐ कार कप’ सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने

162

काठमाडौं – स्याङ्जाको वालिङमा प्रथम ॐ कार कप सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

ॐ कार इभेन्ट्स हब, वालिङको आयोजनामा उक्त प्रतियोगिता २०८२ साल पौष २९ गतेदेखि माघ ३ गतेसम्म वालिङ खेल मैदानमा सञ्चालन हुनेछ। संस्थाले युवा, वृद्ध–वृद्धा तथा बालबालिकासहित सबै उमेर समूहलाई लक्षित गर्दै विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यसहित कार्यक्रम अगाडि बढाएको जनाएको छ। दुर्ब्यसनीविरुद्धका कार्यक्रम, राष्ट्रिय तथा प्रदेशस्तरीय खेलकुद गतिविधि तथा विभिन्न सांगीतिक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य संस्थाले लिएको छ। प्रथम ॐ कार कप सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न आयोजक संस्था तयारीमा जुटेको छ।

प्रतियोगिताका लागि केही नियमहरू पनि सार्वजनिक गरिएको छ। नियमअनुसार प्रत्येक टिममा ५० वर्षभन्दा माथिका कम्तीमा एक जना खेलाडी अनिवार्य हुनुपर्नेछ भने अन्य खेलाडीहरू ४० वर्षभन्दा माथिका हुनुपर्नेछ। साथै, प्रत्येक टिमका खेलाडीहरू एकै जिल्लाका हुनुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार – नगद रु १,००,०००, मेडल, ट्रफी तथा प्रमाणपत्र दोस्रो पुरस्कार – नगद रु ५०,०००, मेडल, ट्रफी तथा प्रमाणपत्र रहेको छ। संस्थाका अध्यक्ष विजय मल्लको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमिति, सल्लाहकार समिति, प्रबन्धक, मिडिया पार्टनर तथा सहयोगी संस्थाहरूको नियुक्ति गर्दै उपसमितिका संयोजकहरू तोकेको छ।

उपसमितिहरू यसप्रकार रहेका छन्: आर्थिक उपसमिति – दिप गुरुङ अतिथि सत्कार उपसमिति – नवराज पौडेल शान्ति सुरक्षा उपसमिति – नवीन गुरुङ प्रचार–प्रसार उपसमिति – ॐ गुरुङ भोजन तथा आवास उपसमिति – सुरेश श्रेष्ठ, दुशान्तराज गैह्रे स्वयंसेवक परिचालन उपसमिति – साजन पंगेनी अफिसियल उपसमिति – मंगल थापा खेल मैदान उपसमिति – प्रेम कुमाल यातायात व्यवस्थापन उपसमिति – शंकर थापा सांस्कृतिक उपसमिति – बिन्देश खाण स्वास्थ्य उपसमिति – कृष्ण शर्मा, शंकर जीसी र मनोज खनाल यसैगरी, कार्यक्रम संयोजकमा विजय विक्रम खाण र खेल संयोजकमा राज गुरुङलाई नियुक्त गरिएको छ।

विशिष्ट सल्लाहकार समिति: ल्या. यामबहादुर गुरुङ, एल.बी. ज्वार्चन, विष्णु पौडेल, सुनिल खनाल, दिलिप कुमार खाण, आशिष प्रताप खाण, सुबिन गुरुङ, सुरेश श्रेष्ठ, उमेश दर्लामी र मानबहादुर गुरुङ लगायत रहेका छन्। संस्थाको प्रबन्धकमा नवराज पौडेललाई नियुक्त गरिएको छ।

सहयोगी संस्थाहरू: वालिङ युनाइटेड क्लब, ट्रिनिटी क्लब, रामबाछा क्लब, होराइजन क्लब, स्पन्दन क्लब, मिर्दी क्लब र वालिङ युवा क्लब सहयोगी संस्थाका रूपमा रहेका छन ।

यस्तै मिडिया पार्टनरमा छायाक्षेत्र मिडिया प्रा लि ( पब्लिक आवाज ) ,रेडियो आधिखोला (१०५.४ MHz) र रुटिन अफ वालिङ बन्द रहेका छन ।

समाचार वर्गहरू