विकास निर्माणले तीब्रता पाएको छ ; प्रधानमन्त्री

47

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीब्रता पाएकाले अब कोही पनि कामका लागि खाडी विदेश जानु नपर्ने बताएका छन् । अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको उनले बताए ।

सत्तारुढ नेकपाका सांसद् शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम सुरु भए पनि कतिपयले अनावश्यक विरोध गरेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, “अब कामका लागि खाडी र वा विदेश जानु पर्दैन । त्यस्तो वातावरण र मनस्थिति छाडेर देशमै केही गर्न सबै उत्रनुपर्छ । पहिलो पहिले पनि सरकार थिए तर पाइपलाइनबाट अमलेखगञ्जमा किन तेल झरेन ? त्यसकाण अब गर्छु होइन गरेँ भन्दैछु ।”

उनले मुलुकका ५७ लाख चर्पी निर्माण भएर खुला दिसामुक्त राष्ट्र घोषणा भएको र अन्य विकास निर्माणका काम भइरहेको विषयलाई पनि देख्न कलाकर्मीलाई आग्रह गर्दै सामाजिक सुरक्षा कार्यक्रम, तुइन विस्थापन, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र सयौँ पुल निर्माण भएको र अब नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालिएको जानकारी दिए ।
“किनारामा बसेर कुरा काट्ने प्रवृत्ति छ तर सरकारले गरेका एक वर्षपछिका कामहरु इतिहासमा मानिसहरुले नसुनेका कामहरु भएका छन् , प्रधानमन्त्री ओली भने, “कमलरीको उन्मूलनको प्रस्ताव हामीले दर्ता गरेका थियौँ । कमलरीको जीवन व्यतित गर्नेहरु अहिले संसद्मा पुगेका छन् । परिवर्तन यही हो । सयौँ वर्षदेखि जनतालाई लुटेर खाएर आफू जमीदार भएका बसेको स्थितिमा गरिबी उन्मुलन हुनका लागि केही समय लाग्नु अन्यथा होइन ।”

उनले चीन र भारतसँगको रेलसम्पर्क पनि जोडिने विश्वास व्यक्त गरेका छन् । हाल कक्षा ११ अध्ययनरत चौधरीलाई प्रधानमन्त्री ओलीले विद्यावारिधीसम्म शुभकामना दिए ।

समाचार वर्गहरू