विशेष उत्साहका साथ मनाईयो माघे संक्रान्ति

28

(काठमाडौं) – माघे संक्रान्ति एवं माघी पर्व विशेष उत्साहका साथ बुधबार मनाइएको छ । बुधबारदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

विशेषगरी आज नदी, तथा त्रिवेणीमा स्नान गरी पूजा–आजा गर्नुका साथै परिवारमा संगै बसेर घिउ“, चाकु, तरुल, सखरखण्ड, खि“चडी लगायतका परिकार खाने चलन छ । बुधबारदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुने खगोलशास्त्रीय मान्यता छ ।

माघे संक्रान्तिलाई थारु, मगर र छन्त्याल समुदायले नया“ बर्षको रुपमा मनाउने गरेका छन् । पश्चिम तराईका दाङ, बा“के, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा माघीको विशेष रौनक छ ।

थारु समुदायले माघ १ गतेदेखि गाउ“को मुखिया चयन गर्ने, वार्षिक योजना बनाउने, लगायत काम गर्दछन् । माघी पर्वकै अवसर पारेर काठमाडौंको टु“डिखेलमा माघी महोत्सव आयोजना गरिएको छ ।

समाचार वर्गहरू