विश्व बैंकले १६ अर्ब ३७ करोड सहयोग गर्ने

18

(काठमाडौं) – विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

ऋण सहयोग सम्बन्धी सम्झौता पत्रमा बुधबार अर्थसचिव राजन खनाल र नेपालस्थित बैंकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड रुपैयाँ तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि दुई अर्ब ७४ करोड १३ लाख रुपैयाँ उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ ।

समाचार वर्गहरू