विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी

12

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार (आज) विश्वासको मत लिँदै छन् ।

२५ पुसमा मुख्यमन्त्री नियुक्त भएर १० चैतमा अल्पमतमा परेका अधिकारीले अल्पमतमा परेको ३० दिनभित्र विश्वास मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार  विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभाको अधिवेशन आज दिउँसो ३ बजेबाट सुरु हुँदैछ । मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि ९ गते बस्ने बैठकको कार्यसुचिमा राखिदिन प्रदेश सभा सचिवालयलाई बुधबार पत्राचार गरेको मुख्यमन्त्रीका प्रेस संयोजक सुसन घिमिरेले जानकारी दिए ।

पाँच दलको प्रतिनिधित्व रहेको ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुख सहित आठ, राप्रपाका दुई र एकीकृत समाजवादीका एक सदस्य छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू