वैद्यले अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्ने गगन थापाको विश्वास

41

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता गगन थापाले बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले संसदमा दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्नु पर्ने जनाएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत नेता थापाले वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नभएको जनाएका हुन्।कांग्रेस बागमती प्रदेश संसदिय दलका नेता इन्द्र बहादुर बानियाँले शुक्रबारै सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्ति फिर्तालिन निर्देश गरिसकेका छन् ।

वैद्यले दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिने विश्वास थापाको छ। उनले भनेका छन्, ‘अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन।’

कांग्रेस सांसद वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति निकै असंवेदनशील टिप्पणी गर्दै उनीविरुद्ध ‘नाथुराम गोड्से खडा हुनुपर्ने’ अभिव्यक्ति दिएका थिए। गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।

समाचार वर्गहरू