काठमाडौं – नेपाल टेलिकमले आफ्नो मोबाइल सेवामा शनिबार राति साढे ११ बजे केही समस्या देखिन सक्ने जानकारी गराएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो ।
हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर(जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् । टेलिकमले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै फोरजी सेवा विस्तारको लागि गरिने सिस्टम अपग्रेडको कामका कारण केहीबेर सेवा प्रभावित हुने जानकारी गराएको हो ।
मोबाइल सेवामा समस्या आए मोबाइल स्वीच अफ गरी पुनस् अन गर्न पनि टेलिकमले आग्रह गरेको छ । टेलिकमले दसैंअघि नै केही सहरमा फोरजी विस्तार गर्ने योजना बनाएको छ ।