संसद सचिवालयलाई भिम रावलको पत्र दशैं भत्ता फिर्ता लिनु

48

काठमाण्डौं – नेकपा नेता एवं सांसद भीम रावलले संसद सचिवालयलाई पत्र पठाएर दसैँ भत्ता वापत आफ्नो खातामा हालेको रकम कट्टा गर्न आग्रह गरेका छन् ।आइतबार पत्र लेख्दै उनले विषम स्वास्थ्य चुनाैती र आर्थिक कठिनाइका बेला सांसदलाई भत्ता दिनु गलतभन्दै आफ्नो रकम कट्टा गर्न सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक आग्रह गरेका थिए ।

लिखित पत्र पठाए भत्ता वापतकाे रकम कट्टा गर्न सकिने जानकारी संसद सचिवालयका कर्मचारीबाट पाएपछि उनले पत्र पठाएका हुन् । उनले पत्र पठाएर संसद सचिवालयका महासचिवलाई फोन गरेर जानकारीसमेत दिएको बताए ।

‘अहिलेको अवस्थामा भत्ता दिनु गलत हो,’ उनले भने, ‘भत्ता वापतको रकम खातामा हालिसकेकाले चेक काटेर फिर्ता गर्ने वा अर्काे महिनाको पारिश्रमिकबाट कटाउन, जे सजिलाेे हुन्छ गर्न मैले लिखित पत्र पठाएर जानकारी गराएको छु ।’

सांसदलाई भत्ता दिने विषयमा नेकपाकै अर्का नेता एवं सांसद जनार्दन शर्माले पनि आपत्ति जनाएका छन् । उनले दसैँ भत्ताका रूपमा सांसदलाई दिने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन् ।

समाचार वर्गहरू